कोरोना कहर : सोलु सल्यानका शैक्षिक संस्था बन्द

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावटको सोलुखोला दुधकोशी हाईड्रोपावरमा काम गर्ने थप ५९ जनालाई कोरोना संक्रमण भएपछि नेचासल्यान गाउँपालिका २ सल्यानका सामुदायीक तथा निजी शैक्षिक संस्था ५ दिनका लागि बन्द गरिएको छ ।

परिवारसंग दशैँ मनाएका हाईड्रोपावरमा कार्यरत स्थानीयमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलन सक्ने भन्दै तत्कालका लागि ५ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गरिएको वडाअध्यक्ष भेष कुमार बास्तोलाले जानकारी दिए । हाइड्रोमा कार्यरत सल्यानका ३ जनामा कोरोना पोजेटिभ आएको स्थानीय स्रोतले बताएको छ ।

सम्बन्धित परिवारका सदस्य र कन्ट्रयाक ट्रेसिङको आधारमा पिसिआर टेष्ट गर्ने र रिर्पोटको आधारमा विद्यालय बन्दको अवधि बढाउने या नबढाउने निक्यौलमा पुग्ने वडा कार्यालयले जनाएको छ । उद्यपी, सोलुखोला दुधकोशी हाइड्रोपावरले भने संक्रमित निक्यौल बाँकी रहेको बताएको छ ।

संक्रमितको संख्या थाहा पाएपनि क–कस्लाई संक्रमण भएको भन्ने बारे केही समयमा निक्योल गर्ने सिइ कन्ट्रक्सनका जनसम्पर्क अधिकृत प्रकाश दाहालले बताए । विस्तृत विवरण आएपछि मात्र कर्मचारी, कामदार र स्थानीय कति जनामा संक्रमण देखिएको बारे बताउन सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार