सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्र बसोबास गर्ने क्षेत्रीहरु संगठित बनेका छन् ।
शनिबार बसेको भेलाले केशर कार्कीको अध्यक्षतामा २३ सदस्सीय क्षेत्री समाजको तदर्थ समिति गठन गरिएको छ ।
भेलाले वरिष्ठ उपाध्यक्षमा सम्मर कटवाल, प्रथम उपाध्यक्षमा लोकजित कार्की, द्धितीय उपाध्यक्षमा मिन बहादुर कार्की, महासचिवमा ललित कार्की, सचिवमा गंगा राउत, कोषाध्यक्षमा भेषराज पौडेल, सह–कोषाध्यक्षमा मनोज कार्कीलाई चयन गरिएको छ ।
माप्य दुधकोशीमा सुतार कार्की, मुडुला कार्की, खुलाल कार्की, खुलाल बस्नेत, पुडासैनी, पौडेल, कटवाल, घिमिरे, खतिवडा लगायतका क्षेत्रीहरुको बसोबास रहेकोे क्षेत्री समाजका नवगठित समितिका महासचिव ललित कार्कीले जानकारी दिए ।