लिम्चुङबुङमा आगोलागीबाट २ घर जलेर नष्ट

  हिमाल समाचार  713 पटक हेरिएको

सोलखुुम्बु – उदयपुरको लिम्चुङबुङमा आगोलागीबाट दुई घर जलेर नष्ट भएको छ ।

बलम्ता लाकुस्थित उदेश बहादुर राईका दुई घरसहित मतान तथा उनकै भाइ देवबहादुरको गोठ जलेर नष्ट हुँदा घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद र नागरिकता, जन्मदर्ता, जग्गा धनीपुर्जा र पशुचौपाय लगायत जलेर नष्ट भएको हो ।

गोठबाट सल्किएको आगोले क्षति पु¥याएपछि पीडित परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।

आगोलागी पीडित दुई परिवारलाई गाउँपालिका अध्यक्ष मेजरकुमार राई र विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्कासहितको टोली पीडितको घरमै पुगेर चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री प्रदान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार