बराहपोखरीका रातो माछा मर्न थाले

खोटाङ – सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुलर्भ रातो माछा निरन्तर मर्न थालेका छन् ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै दुई–चार वटाको दरले मर्न थालेको हो । ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय बिदुर श्रेष्ठले बताए ।

चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको छ । मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको वडाध्यक्ष टंक मगरले बताए । बराहपोखरी घुमफिरमा गएका स्थानीयले समेत मरेर पोखरीमा तैरिरहेको माछाको तस्बिर ल्याउने गरेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

पोखरीका रातो माछा निरन्तर मरे पनि यसको कारण हालसम्म पत्ता लागेको छैन । यद्यपी बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमको अशरले समेत माछाको अस्तित्व संकटमा परेको हो । पोखरीको सरसफाईमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई अशर पुगेको कतिपयको बुझाई छ । त्यसमाथि बथानका बथान आउने पानी हाँसले समेत माछा खाने गरेको छ ।

तराईबाट दिनमा आउने र दिनभर चरेर फर्कने बाजले समेत माछा खाने गरेको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार