मिस यु लुक्ला !

बबि बस्नेत
तुल्सिपुर–१६, दाङ्ग
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दैलोकै रूपमा लिइन्छ, सोलुखुम्बु जिल्लाको लुक्ला । सगरमाथा आरोहणका लागि त लुक्ला प्रवेशद्वार नै भयो, आधार शिविर र आसपासको यात्राका लागि पनि यही बाटो भएर पर्यटकहरु हिड्नुपर्छ ।लुक्ला पुग्ने माध्यम दुईवटा मात्र छ, एक हवाई यात्रा त अर्को त पैदल यात्रा। लुक्ला सम्म नै पुग्नलाई गाडिमोटर चल्ने बाटो छैन।प्रकृति सँग प्रत्यक्ष साक्षात्कार भएर यहाँका हिमालहरु सँग हासेर यहाँका नदिनालाहरु सँग नाचेर यहाँका हरियालि बनपाखा र चिसो मौसम सँग गाएर लुक्ला पुग्नुको मज्जा छुटै र बेग्लै छ।

माघ महिनाको दिन थियो मौसम प्रतिकुल भएकाले हवाई यात्रा भन्दा पैदल यात्रा गर्ने निर्णय गरे र भोलीपल्ट बिहान सबेरै उठेर सल्लेरी बाट आफ्नो यात्रा सुरु गरे।माप्पेदुधकोशीको अधेरी बस्तीलाई छिचोल्दै भोक खोला र दुधकोशीलाई पार गर्दै खुम्बुपासाङ्गल्हामुको खरिखोला भन्ने ठाँउमा थौरै गाथ मार्न र चिया पिउन एउटा होटलमा गए।गुलियो चिया खाएर हुर्केको भएर होला नुनिलो चिया मेरा लागि नौलो थियो।नुन चिया पिएर म होटल बाहिर निस्किय साझको ६ बजिसकेको थियो र गाडिमोटर चल्ने बाटो पनि यहि सम्म मात्र थियो।गाथमा थोरै आराम र चियाको चुस्की लिई सकेपछि भने मेरो लुक्लाको पैदल यात्रा साचिकै सुरु भयो।

यात्राकै क्रममा साना साना सेता दाना मानौ स्वर्गबाट नै कसैले मोतीका दाना खसाएको जस्तै गरि हिउँ पर्न थाल्यो। हिउँको स्पर्श पनि मेरा लागि नौलो नै थियो। हिउँले पुरेका बाटा छिचोल्दै छिचोल्दै सोहि दिन करिब करिब ९ बजे पैया बास बस्न आईपुगे र भोलि पल्ट्टै बिहान सबेरै लुक्लाका लागि यात्रा अघि बढाए।

अग्ला अग्ला पहाड चढ्नु र गोरेटो बाटोमा हिड्नु मेरो जीवनको पहिलो भोगाई थियो। अग्ला अग्ला पहाड, गोरेटो बाटो अनि घाँटिमा कोलो झुण्डाएर पिठ्युँमा नुन, तेल र खाद्य बस्तु बोकेर लक्सरै हिडेका खचड देख्दा लाग्थो कुनै नौलो संसारमा त आईन। यात्राकै क्रममा साना साना सेता दाना मानौ स्वर्गबाट नै कसैले मोतीका दाना खसाएको जस्तै गरि हिउँ पर्न थाल्यो। हिउँको स्पर्श पनि मेरा लागि नौलो नै थियो। हिउँले पुरेका बाटा छिचोल्दै छिचोल्दै सोहि दिन करिब करिब ९ बजे पैया बास बस्न आईपुगे र भोलि पल्ट्टै बिहान सबेरै लुक्लाका लागि यात्रा अघि बढाए। बर्षाको पानिमा रुझ्दै, नुन चिया पिउदै त कहिले उकालि त कहिले ‌ओरालि गर्दै सुस्केरा हाल्दै अनतत्त मेरो गन्तव्य स्थल लुक्लामा १ बजे आईपुगे र हाईकरसईन होटलमा खाना खाएर आराम गरे।

लुक्ला प्रदेश न. १ सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा अवस्थित एक सुन्दर शहर हो।अधिकासं शेर्पा जातिका मानिस बसोबास गर्ने यस ठाँउमा प्रायले बुद्ध धर्म मान्ने गर्दछन्।कोङदे भरि हिमाल, लुक्ला चेन, खुम्बीयुला हिमालले घेरिएको सानो समथल क्षेत्रमा फैलिएको छ लुक्ला बजार।संसारकै १० जोखिमयुक्त बिमानस्थल मध्य तेङजिङ हिलारि लुक्ला बिमानस्थल पनि यहि अवस्थित छ।दुई हजार आठ सय ६० मिटर उचाईमा रहेको लुक्लाको मौसम भने क्षिणक्षिणमा बदलिन्छ। छिनमै हुसु लाग्ने छिनमै घाम लाग्ने त कहिले छिनमै पानि पर्ने लुक्ला मौसमका खास बिषेश्ता हुन्। प्रायM बाह्रै महिना चिसो मौसम हुने यो लुक्ला बजार वरिपरि सानो क्षेत्रमा तरकारि खेति गरेको पनि देखन सकिन्छ।खाना र बसोबास गर्नका लागि भने अलिक लुक्ला महङ्गो छ।

लुक्लामा बसोवासको असुविधा हुँदैन । स्तरीय मात्रै होइन, सबैलाई उपयुक्त हुने थरीथरी होटेल पनि छन् ।घरका छानामा बाख्लै हिउँ परेको दृश्य र हिमालका चुचुरोमा लागेका घामका किरण देख्दा शरिरको थकान नै भुलिन्छ। पर्यटकहरु धेरै संख्यामा भित्रिने यस ठाँउका मानिसको मुख्य पेशा भने पर्यटन व्यवसाय हो।सबैभन्दा बढी पर्यटक अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापना, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशबाट यहाँ आउने गर्छन्।

तल्लो खुम्बु क्षेत्रमा किवी, काउलि, बन्दा, टमाटर, सिमि, मुला, साग, लगाउन सकिन्छ भने माथिल्लो खुम्बु क्षेत्रमा उच्च घनत्तोको स्याउ लगाउन सकिन्छ।चौरि गाई पालेर चिज, कुराउनि, छुर्पि बेच्ने प्रचलन पनि रहिआएको छ, खुम्बु क्षेत्रमा।

प्रकृतिको सुन्दरता सँगै कृषि क्षेत्रलाई पनि सँङसगै बिकास गर्नु आजको आवश्कता हो। खुम्बु क्षेत्रमा एग्रोटुरिजम अबधारनालाई आत्मसात गर्दै पर्यटन र कृषिको बिकास गर्न सके अझ राम्रो हुनसक्छ। तल्लो खुम्बु क्षेत्रमा किवी, काउलि, बन्दा, टमाटर, सिमि, मुला, साग, लगाउन सकिन्छ भने माथिल्लो खुम्बु क्षेत्रमा उच्च घनत्तोको स्याउ लगाउन सकिन्छ।चौरि गाई पालेर चिज, कुराउनि, छुर्पि बेच्ने प्रचलन पनि रहिआएको छ, खुम्बु क्षेत्रमा।

लुक्ला घुम्न जानुहुन्छ भने आफू हिमाली भेगको यात्रामा निस्किन लागेको सोचेर तयारी गर्नुपर्छ । लुक्ला बजारवरपरका डाँडामा सधैँ हिउँ रहन्छ , त्यसैले मौसम चिसो हुन्छ ।शरीरमा लगाउन बाक्ला लुगा, स्पोर्टस् जुत्ता वा ट्रेकिङ जुत्ता, ट्राउजर, टोपी, बाक्ला मोजा बोक्न बिर्सनुहुँदैन ।साथै, आफूले खाने गरेको नियमित औषधि भए बोक्नैपर्छ । त्यति मात्र होइन, सामान्य प्रकारका जस्तै टाउको दुख्दा खाने, झाडापखाला लाग्दा खाने, पेनकिलर, भिक्स, ग्यास्ट्रिक कम गर्नेजस्ता औषधि बोक्दा फाइदा हुन्छ । पूर्वनिर्धारित समयमै लुक्लाबाट फर्किन गाह्रो हुन्छ । कतिपय अवस्थामा त हप्तौँ पनि उडान नहुन सक्छ ।

त्यसैले लुक्ला यात्राका लागि अतिरिक्त खर्चको जोहो गर्नुपर्छ । यससँगै लुगाकपडा तथा अन्य सामान पनि पर्याप्त मात्रामा बोक्नैपर्छ । त्यसैले मानसिक रूपमा पनि तयार रहनुपर्छ । दुई दिनको लुक्ला बसाई पछि मौसम मजाले खुलेकाले यस पटक भने म हवाई यात्रा गरेर पुन: फाप्लु बिमालस्थलमा अवतरण गरे। प्रकृति सँग प्रत्यक्ष साक्षात्कार भएर त्यहाँका हिमालहरु सँग हासेर,नदिनालाहरु सँग नाचेर, हरियालि बनपाखा र चिसो मौसम सँग गाएर लुक्ला घुमि फर्केर आउदा लाग्छ कुनै स्वर्गको टुक्रा बाट फर्किएर आए।मेरा लागि लुक्ला यात्रा सधै अवस्मरणिय हुनेछ,

मिस यु लुक्ला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार