खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले २१ जनाको स्वाव संकलन गरेको छ ।
केहीदिन अघि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ अन्तर्गत स्वाव संकलन गरेको हो ।
महादेवस्थानका एक पुरुष र एक महिलामा कोरोना पुष्टिपछि उच्च जोखिममा रहेकाहरुको सोमबार स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।
संकलन गरिएका स्वाव पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । केहीदिन अघि दुईजना संक्रमित थपिएसँगै यस नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४ जना उपचारपछि घर फर्कीसकेका छन् ।
हालसम्म जिल्लाभरी कोरोना संक्रमितको संख्या ५३ जना पुगेको छ ।