बागवानी केन्द्रमा मृग आतंक, फलफूल र तरकारी स्वाहा !

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु – बागवानी केन्द्र फाप्लुमा जंगली जनावरको आतंक बढेको छ । केन्दमा घेराबारको उचित प्रबन्ध नहुँदा केही दिन देखि मृगले तरकारी तथा फलफुलका विरुवा नष्ट गर्न थालेको हो ।

केन्द्रले लगाएको काउली खेतिमा पुर्ण रुपमा क्षति पुगेको छ भने फलफूल तथा तरकारीको विरुवा समेत खाएको निमित्त बागवानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।

सोलुखुम्बु सहित ओखलढुंगा र खोटाङका कृषकलाई फलफूल र तरकारीको नयाँ प्रविधि सहजीकरण र विरुवाको आपूर्तीको लागि स्थापना गरिएको केन्द्र क्षेत्रमा घेराबार व्यवस्थित नहुदा भालु, मृग र दुम्सिको हैरानी खेप्नु परेको हो ।

साढे १७ हेक्टर (करिव ३५१ रोपनी) क्षेत्रफलमा फैलिएको बागबानीमा तारबार र पर्खाल भत्किदा वन्यजन्तुको हैरानी र क्षति व्यहोर्नु परेको केन्द्रको भनाई छ ।
बागवानी विकास अधिकृत ठाकुरले भने, ‘दिउँसो कर्मचारी र कामदारले रेखदेख गर्छन् । राती मृग आएर सखाप बनाउछ ।’

तरकारी तथा फलफूल उत्पादन एवम् बेर्ना उत्पादन विना राजस्व संकलनमा समेत गिरावट आउने उनको भनाई छ ।

तरकारीको खपत घट्यो

बागवानी केन्द्र फाप्लुबाट तरकारी खरिद गर्नेको संख्या पातलिएको छ ।

बजार मुल्य भन्दा कम मुल्य (निर्धारित)मा तरकारी तथा फलफुल बिक्रि गर्ने केन्द्रबाट कोरोना कहरपछि ताजा तरकारी र फलफूल खरिदका लागि पुग्ने उपभोक्ताको संख्यामा कमी आएको केन्द्रले जनाएको छ ।

केन्दले अहिले पनि गोलभेँडा, रोयोको साग, बन्दा, काउली, खुर्सानी, काक्रा लगायतका तरकारी विक्रि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार