सोलुखुम्बु – नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाले साविकको खुम्जुङ गाविस ४ का करिव ४ सय परिवारलाई निशुल्क मास्क हस्तान्तरण गरेको छ ।
सोमबार कांग्रेस खुम्बु पासाङल्हामुका सभापति पेम्बा छिरिङ शेर्पाले खुम्जुङ युवा क्लबका अध्यक्ष आङ फुर्बा शेर्पा र क्लब अन्तरगत गठित काठमाडौं सम्पर्क समितिका अध्यक्ष पासाङ दावा शेर्पालाई मास्क हस्तान्तरण गर्नुभएको छ ।
कांग्रेसले विभिन्न स्थानीय यूवा क्लब तथा समूहको समन्वयमा खुम्बु पासाङल्हमूका खुम्जुङ, पाङबोचे, फोर्चे, खुन्दे लगायतका नागरिकलाई प्रति घर ५० वटा मास्क निशुल्क वितरण गर्ने गरि २० हजार मास्क उपलब्ध गराएको कांग्रेस खुम्बु पासाङल्हमूका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।