दिक्तेल रुपाकोटबाट १४७ जनाको स्वाब संकलन

  हिमाल समाचार
245 Shares

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका १५ जना संक्रमितको सम्पर्कमा रहेका १४७ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लाका उच्च पदस्थ व्यक्ति जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि पिसिआर गरिएको ६६ मध्येबाट थप १५ जनामा कोरोना संक्रमण देखिएपछि ती संक्रमितको सम्पर्कमा आएका १४७ जनाको स्वाक संकलन गरि पिसिआर परीक्षणको लागि पठाइएको मेयर दिपनारायण रिजालको सचिवालयले जनाएको छ ।

स्वाब लिएका व्यक्तिहरुलाई पिसिआर रिर्पोट नआउन्जेल होम आइसोलेसनमा बस्न मेयर रिजालले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार