सोलुखुम्बु : कृषकलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

  दिपेन्द्र पराजुली
763 Shares

सोलुखुम्बु – सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो सुरु भएको छ । धान पाकेपछि जिल्लाका किसानलाई धान भित्र्याउने चटारो सुरु भएको हो ।

जिल्लाको नेचा, सल्यान, पन्चन, सोताङ, जुबुको तल्लो क्षेत्र, देउसा मुक्ली लगायतका स्थानमा धान पाकेपछि काट्न थालिएको हो । धान खेति योग्य जमिनमा सत–प्रतिशत रोपाई भएको जिल्लामा धान उत्पादन बढेको किसानले बताएका छन् ।

विगतका वर्षको तुलानमा यस वर्ष समयमै पानी गरेर सतप्रतिशत रोपाई भएकाले धान उत्पादन बढेको सोलुखुम्बु सल्यानका कृषक कुमार प्रसाद बास्तोलाले बताए ।

विगतका वर्षको तुलनामा यस वर्ष समयमै रोपाई भएपनि धान ढलेकाले उत्पादन घट्न सक्ने थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चनका यादव कोईरालाको भनाई छ । किसानले भर्खरै धान काट्न तथा भित्र्याउन सुरु गरेकाले उत्पादन बारे यकिन विवरण भन्न नसकिने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ५२५ हेक्टर जमिनमा धान गरिएको केन्द्रका बालि संरक्षण अधिकृत बबि बस्नेतले जानकारी दिए । केन्द्रले धान उत्पादन बढ्ने अनुमान गरेको छ ।

फोटो – सोभित कुमार ढुंगेल र लोकेन्द्र आरसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार