खोटेहाङमा भरुवा बन्दुक सहित एक पक्राउ

  हिमाल समाचार
539 Shares

खोटाङ – खोटेहाङ गाउँपालिका ६ बाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाएर स्थानीयला आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय भुपाल मोक्तान रहेका छन् । उनलाई प्रहरी चौकी सिम्पानीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार