खोटाङ – खोटाङका ३२ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । हालसम्म जिल्लाभरी ५३ जना कोरोना संक्रमित हुंदा ३२ जनाले कोरोनालाई जितेको हो ।
जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख तथा मेडिकल अधिकृत प्रविण झाका अनुसार जिल्लाभरीका २ हजार ८७१ जनाको पिसिआर परीक्षण गरिएको छ । ५३ जना संक्रमित हुंदा ३२ जनाले कोरोना जितेको र २१ जना उपचाररत रहेको झाले जानकारी दिए ।
पछिल्लो समय १६८ जनाको पिसिआर परिीक्षण रिपोर्ट आउँन बाँकी छ । जिल्लाका पदस्थ व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि हाल दिक्तेलबजारमा इन्धन, औषधि पसल र खाद्यान्न पसल बाहेक सबै बन्द गरिएको छ ।