सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका १ पावैका ४३ बर्षिय पुरुषलाई सोही ठाउँकी ८ बर्षिया बालिका बलत्कारको आरोप लागेको छ ।
पावैका भलाकाजी लामिछानेलाई बलत्कारको आरोपमा बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि यो विषय बाहिर आएको हो । मंगलबार गाउँमा जबरजस्तीकरणी गरेको विषय बाहिर आएपछि आरोपित पुरुष फरार बनेका छन् ।
असार देखि भदौसम्म ३ पटक पुरुषको गोप्य अंगले बालिकाको संवेदनशील अंगमा छुने र करणी गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् । पिङ खेल्ने क्रममा बरको बोटमा, गोठमा आफूलाई ती पुरुषले करणी गरेको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
फरार रहेका लामिछाने विरुद्ध मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बालिकाको जिल्ला अस्पताल फाप्लुमा गरिएको स्वास्थ्य परीक्षणमा स्वास्थ्य अवस्था सामान्य देखिएको प्रहरीको भनाई छ ।
पिडित बालिकाले घटनाबारे आफ्नो साथीलाई भनेपछि गाउँमा हल्ला फैलिएको थियो । घटनाबारे यर्थाथ बुझ्न स्थानीयको टोली आरोपित पुरुषको घरमा पुग्दा ती व्यक्ति नभेटिएको एक स्थानीयले बताए । फरार पुरुषको खोजी कार्य जारी राखिएको छ ।