दिक्तेल रुपाकोटमा फोहोर वर्गीकरण गरेर संकलन शुरु

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – अर्गानिक नगरको परिकल्पना सहित कम्पोष्ट प्लान्ट निर्माण गरेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार क्षेत्रका घरबाट निस्कने कुहिने फोहोर उठाउन थालेको छ ।

सोल्मामा निर्माण गरिएको कम्पोष्ट संचालनका लागि फोहारको मूल स्रोतबाटै कुहिने, नकुहिने र सिसाजन्य फोहोरलाई बर्गिकरण गरेर उठान शुरु गरेको हो । नकुहिने र सिसाजन्य फोहोर अन्यत्र व्यवस्थापन गरिनेछ भने कुहिने फोहोरबाट कम्पोष्ट मल तयार पारेर कृषकहरुलाई वितरण गरिने मेयर दिपनारायण रिजालले जानकारी दिए । उनले भने, ‘कुहिने फोहोर धेरै र व्यवस्थित रुपमा दिने नगरबासीलाई सरसफाई शुल्कमा छुट दिइनेछ ।’ यो अभियानमा नगरबासीको अटुट सहयोग चाहिने मेयर रिजालले बताए ।

उनले भने, ‘कुहिने फोहोर धेरै र व्यवस्थित रुपमा दिने नगरबासीलाई सरसफाई शुल्कमा छुट दिइनेछ ।’ यो अभियानमा नगरबासीको अटुट सहयोग चाहिने मेयर रिजालले बताए ।

प्लान्टको भौतिक संरचानको काम सकिएसँगै कम्पोष्ट मल उत्पादनको तयारी थालिएको नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेद्र कलौनीले बताए । संघ, प्रदेश र नगरपालिकाको करिब ४ करोड लगानी र नगरपालिकाको स्वामित्वमा तयारी अवस्थामा रहेको प्लान्टबाट कम्पोष्ट मल उत्पादन गरी ल्याब परिक्षण गरिने छ ।

बहुउद्देश्य राखेर तयार गरिएको कम्पोष्ट मल तथा बायोग्यास प्लान्टसँगै पशु फर्म र स्वीमिङ पुलको काम सकिएको छ । प्लान्टको तल हाइटेक प्रविधिमा स्ट्रबरी खेती पनि गरिएको छ । कम्पोष्ट मल तथा बायोग्यास उत्पादनसँगै सिकाई स्रोत केन्द्रको रुपमा स्थापित गरेर कृषकहरुलाई खेति प्रविधिको बारेमा सिकाइने मेयर रिजालको भनाई छ ।

मुख्य व्यापारिक केन्द्र दिक्तेलबजार लगायतका स्थानहरुको कुहिने फोहोरहरु संकलन गरी प्लान्टबाट कम्पोष्ट मल उत्पादन गरेर कृषकहरुलाइ वितरण गर्ने र दिसाजन्य लेदोलाई ल्याएर वायोग्यास र कम्पोष्ट मल बनाउने लक्ष्य यस नगरपालिकाले राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार