प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

  हिमाल समाचार
245 Shares

विराटनगर – प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार