शिवको ‘निरमाया’बजारमा (भिडियो)

  हिमाल समाचार
756 Shares

सोलुखुम्बु – शिव हमाल लोक सृजनामा सर्वप्रिय नाम हो । १७–१८ बर्षको लोक संगीतको यात्रामा दर्जनौ लोकप्रिय सृजनाका सर्जक उनै हमालका दोहोरी गीत ‘निरमाया’बजारमा सार्वजनिक गरिएको छ ।

मंगलबार व्यक्तिगत यूटुव च्यानल मार्फत गरिएको गीतमा अन्जु पन्त, रविन गुरुङ र निश्चल गुरुङको स्वर सुन्न सकिन्छ ।

मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोमा चर्चित अनुहारलाई नचाइएको छ । बजारले रुचाएका नायक पुष्प खड्का, कविता नेपाली र चक्र बमलाई रोलिङ गराइएको छ । भिडियोको अन्त्यमा सर्जक हमाललाई पनि झुलुक्क देख्न सकिन्छ ।

स्टेज कार्यक्रममा व्यस्त रहने हमालले व्यवसायीक गीतमा निकै कम स्वर भरेका छन् । उनी भन्छन्, ‘गीतले खोजेकै स्वर भर्न सके पो गीत चल्छ ।’ उनी देश विदेशमा हुने सांगितीक कार्यक्रममा आफ्नै सृजना गाउँछन् ।

दशैँ अघि ‘झुम्का झलक्कै’लगायतका गीति सृजना बजारमा पठाएका थिए । पछिल्लो समय ‘लालुमै’सर्वाधिक रुचाइएको गीत हो । अघिल्लो समयमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’गीत हिट बने भने मध्यम समयमा ‘सानु कहाँ छौ’, ‘हाँस्न सिकायौ’जस्ता गीत लोकप्रिय बने ।

हमालको जीवनबारे विस्तृत जान्न यो भिडियो पुरा हेर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार