सोलुखुम्बु : पुर्व श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गयो

  हिमाल समाचार
15.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पुर्व श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।

सोताङ गाउँपालिका ३ बानेल्दका होम बहादुर राईको खुकुरी प्रहारबाट सोमा लामा नाम गरेकी महिलाको घटनास्थलमै ज्यान गएको छ । होम बहादुर र सोमा पुर्व श्रीमान श्रीमती हुन् । २८ बर्षिया सोमा श्रीमानलाई छाडेर गत बैशाखमा सोही गाउँका नन्दराज राईसंग हिँडेकी थिइन् ।

बुधबार साँझ ६.३० बजेको समयमा स्थानीय कुमार राईको घरमा भएको भेटमा विवाद हुदा होम बहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको सोमाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुकुरी प्रहार गर्ने होम बहादुरलाई इलाका प्रहरी कार्यालय सोताङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार