भारतीय सेनाध्यक्ष सोलुखुम्बु आउदै

  हिमाल समाचार
3.8k Shares

सोलुखुम्बु – भारतीयसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि आउने भएका छन् । शुक्रवार विहान उनी सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका आउने अनौपचारीक कार्यक्रम तय गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यूबाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेक फास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो समय दृश्यावलोकन पछि उनी नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

‘मौसमले साथ दिए उहाँ सोलुखुम्बु आउनुुुहुन्छ, तर कार्यक्रम निश्चित छैन’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने– ‘मौसम अनुकुल भएका उहाँको एक प्रकारको माउन्टेन फ्लाईट जस्तो अनौपचारिक भ्रमण हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार