खुम्बुबाट एक बृद्ध मजदुरको उद्धार

  हिमाल समाचार
4.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बुमा अलपत्र परेका एक बृद्ध मजदुरको उद्धार गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका ६४ वर्षिय सन्त बहादुर तामाङलाई वडाको पहलमा समिट एयरबाट उद्धार गरि रामेछाप पठाईएको हो ।

लुक्लामा रहेको उनको परिवारले उनलाई वेवास्ता गरेको र कोभिड १९ का कारण मजदुरी गुमेकाले उनको रामेछापमा रहेको घरमा वडा कार्यालयको पहलमा उद्धार गरि पठाईएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार