सोलुखुम्बु – संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपा भित्रको वर्तमान विवाद सैैद्धान्तिक नभई पद र प्रतिष्ठाको मात्र भएको बताएका छन् ।
सोलुखुम्बुको काँगेल विमानस्थलको निरीक्षण पछि हिमाल एफ.एम.सँगको संक्षिप्त कुराकानीका क्रममा पर्यटन मन्त्री भट्टराईले व्यक्तिगत आँकाक्षाको व्यवस्थापन हुन नसक्दा पार्टी भित्र तनाव उत्पन्न भएको भन्दै तत्काल पार्टी नफुट्ने दाबी गरे ।
यति छोटोसमयमै फुट्नका लागि पार्टी एकता नभएको भन्दै उहाँले एकता अब मजबुद हुँदै जाने बताए । व्यक्तिगत टकराब नै मुख्य समस्या रहेको औँल्याउदै नेकपाका नेता समेत रहेका भट्टराईले चाँडै सबै नेताको उचित ब्यवस्थापन हुने जिकिर गरे ।
सरकारले जनपक्षिय काम गरिरहेको भन्दै केपि ओली नै बाँकी कार्यकालसम्म सरकारको नेतृत्वमा रहिरहने बताए । अहिले सरकार र नेतृत्व परिवर्तन गर्दा कामको गति रोकिने भन्दै यही सरकारलाई पार्टीले सहयोग गर्नु पर्ने धारणा मन्त्री भट्टराईले राखे ।
माधव नेपाल पक्षधर मानिने नेता भट्टराईले प्रधानमन्त्री परिवर्तन गर्नु नहुने धारणा राखेका छन् ।