खोटाङ – खोटाङमा ४ जना जुवाखालबाट पक्राउ परेका छन् ।
बिहिबार दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका १ त्रिवेणी चोक स्थित शारदा श्रेष्ठको घरमा कोठा भाडामा लिई बस्नेत बिनोद उदासको कोठमा धनसम्पति हारजित हुने गरि जुवा खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका १ का ४६ वर्षिय सुजन ताम्राकार, ३६ वर्षिय युधिर शाक्य, ४१ वर्षिय दिनेश कुमार केसी र ५५ वर्षिय विनोद उदास रहेका छन् ।
उनीहरुको साथबाट ४८ हजार ९९० रुपैँया, २० थान कौडा, ५८० पिस खुला तास, बन्द तास २ प्याकेट लगायतका सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।