मंसिर देखि पर्यटकीय गतिविधि खुल्ने – पर्यटन मन्त्री भट्टराई

सोलुखुम्बु – संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मंसिर देखि सबै प्रकारका पर्यटकीय गतिविधि खुला गर्ने बताएका छन् ।

शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ स्थित काँगेल विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना संक्रमणको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्यका मापदण्ड कडाईका साथ लागू गर्दै सम्पुर्ण पर्यटकीय गतिविधि खुला गर्ने तयारीमा रहेको बताए ।

‘कोरोनाबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई सामान्यीकरण गर्ने तर्फ सरकार उद्यत छ ।’ पर्यटन मन्त्री भट्टराईले भने, ‘त्यसको शुरुवात आन्तरिक पर्यटन प्रर्वद्धनबाट हुन्छ । विश्वमै कोरोना संक्रमणको दर ओरालो लाग्ना साथै नेपालको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन द्रुत गतिमा कार्यक्रम ल्याउने छौँ ।’

सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको बर्षको रुपमा अघि बढाइने मन्त्री भट्टराईले बताए । ‘अब लकडाउन हुने संभावना कम हुदै गएको छ ।’ उनले भने । कोरोनाबाट जोगिदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार