हलेसीका २१ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा २१ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना पुष्टि भएपछि उच्च जोखिममा रहेकाहरुको १७ कार्तिकमा स्वाव संकलन गरी पिसिआर परिक्षण गर्न प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

यस नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४ जना उपचारपछि घर फर्कीसकेका छन् । दुईजना उपचाररत रहेका छन् ।

दुईजना कोरोना संक्रमित भेटिएपछि १५ कार्तिकबाट सिल गरिएको नगरपालिकालाई खोल्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार