ऐसेलुखर्कका विद्यालय खुल्ने

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका भित्रका विद्यालय मंसिर २ गते देखि खुल्ने भएको छ ।

लामो समयदेखि बन्द रहको सामुदायिक तथा संस्थागत विद्यालय आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी अपनाउदै सञ्चालनको तयारी थालिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

गाउँपालिकाले सुचना जारी गदै विद्यालयको व्यवस्थित सञ्चालनका लागि मंसिर ४ गते प्रध्यानाध्यापकहरुको बैठक समेत डाकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार