उदयपुरका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको संख्या बढ्दो

उदयपुर – उदयपुरका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ ।

जिल्लाको ऐतिहासिक महत्व बोकेको धार्मिक रौतापोखरी, देशकै घुम्नलायक सय गन्तव्यमध्ये उदयपुरगढी दरबार, लिम्चुङबुङको ‘एभरेष्ट भ्यु टप’, चौण्दढीगढी दरबार, ताप्ली पोखरी, अधेँरी झरना, बेतेनी भंज्याङ, विभिन्न गाउँहरुका ‘होमस्ट’ लगायतका स्थानहरु यतिवेला आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएका छन् ।

कोरोनाका महामारीका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका उदयपुरकाका पर्यटकीय स्थलहरूमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

सर्वोच्व शिखर सगरमाथा लगायत ८ वटा हिमाल आँखै अगाडिबाट नियाल्न सकिने लिम्चुङबुङको ‘एभरेष्ट भ्यु टप’ का साथै मगर ‘होमस्ट’ घुम्नको लागि ईलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीका साथै जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु उल्लेखनीय मात्रामा आएका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जानकारी दिए ।

उनले भने, ‘कोरोनाको महामारीबीच पनि आन्तरिक पर्यटकहरु ‘एभरेष्ट भ्यु टप’ घुम्न आउनेको बाक्लो संख्या रहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार