सोलुदुधकुण्ड : २०१ कुकुरको बन्ध्याकरण

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाका २०१ सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र हिमालयन एनिमल रेष्क्यु ट्रष्ट (हार्ट) नेपालले पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिका क्षेत्रभित्रका २०१ भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ भने रेविज विरुद्धको खोप लगाईएको नगरपालिकाका पशु सेवा शाखा अधिृकत लेखनाथ बास्तोलाले बताए ।

कात्तिक १८ गतेबाट सुरु गरिएको कुकुरको बन्ध्याकरण शिविर शुक्रबार सकिएको छ ।

नगरपालिका क्षेत्रमा कुकुरको संख्या बढेसंगै बजार क्षेत्रमा हिडडुल गर्न जोखिम बढेको र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाउन अन्यत्र लैजानुपर्ने नगरबासीको बाध्यतालाई मध्यनजर गर्दै यो बर्ष पनि बध्याकरण शिविरलाई निरन्तरता दिइएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

बन्ध्याकरण नै कुकुरको संख्या नियन्त्रणको उत्तम विधि मानिएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार