गोराखानीका जेष्ठ नागरिकलाई थर्मस

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका ज्येष्ठ नागरिकलाई थर्मस वितरण सुरु गरिएको छ ।

बढ्दो कोरोना भाईरस संक्रमण र जाडो सिजन सुरु भएकाले चालु आर्थिक वर्षको ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगत थर्मस वितरण सुरु गरिएको हो ।

वडा भरिका ११३ ज्येष्ठ नागरिकलाई थर्मस वितरण कार्यक्रम अन्तरगत शुक्रबार धारापानी, छेवार, खाम्दीङ, गुम्बाटोल र गोराका ६० ज्येष्ठ नागरिकलाई थर्मस वितरण गरिएको छ ।

शनिबार लाप्चा, डाडाखर्क र जैदुङका ज्येष्ठ नागरिकलाई थर्मस वितरण गरिने वडाध्यक्ष काजी शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार