विराटनगर – प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ । प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।