प्रदेश १ मा ५२७ डिस्चार्ज, ४९८ संक्रमित थपिए

  हिमाल समाचार  614 पटक हेरिएको

विराटनगर – प्रदेश १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ । प्रदेश १ मा आज ५२७ जना डिस्चार्ज भएका भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार ६७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार