सोलुखुम्बु – कोरोना भाईरस (कोभिड १९) को संक्रमण जोखिमलाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्मास्थित गार्मा माध्यमिक विद्यालयलाई मास्क, स्यानिटाईजर र कोरोना सचेतनामुलक पोस्टर हस्तान्तरण गरिएको छ ।
हिमालयन नेपाल युथ क्लबद्धारा आज एक कार्यक्रमका विच ४ सय थान मास्क, २० बोतल स्यानिटाईजर र ५ वटा पोस्टर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गार्मा माविका व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, हिमालयन नेपाल युथ क्लबका सचिव ङिमा शेर्पा, सह–सचिव सन्दिप मगर लगायतको उपस्थिती रहेको थियो ।
यसअघि पनि जिल्ला अस्पताल फाप्लुलाई मास्क वितरण गरिसकिएको क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष पेम्बा गेलु शेर्पाले बताए ।