सोलुखुम्बु : चिकित्सक सहित ३ जनामा कोरोना पोजेटिभ

बेनीका ४ संक्रमितले कोरोना जिते

  हिमाल समाचार
2.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा जिल्ला अस्पताल फाप्लुका चिकित्सक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक १८ गते मंगलबार स्वाब पठाइएका ३९ जनामध्ये ३ जनाको कोरोना पोजेटिभ रिर्पोट आएको हो ।

संक्रमित हुनेमा जिल्ला अस्पतालमा कार्यरत २६ बर्षिय चिकित्सक, सोलुदुधकुण्ड नगरपालिका ५ की ६५ बर्षिया महिला र सुनसरी घर भएका २६ बर्षिय पुरुष रहेका छन् ।

संक्रमित चिकित्सक कोरोनाको संभावित लक्षण देखिनासाथ होम क्वारेन्टीनमा बसेका थिए । उनमा सुख्खा खोकी छ ।

६५ बर्षिय बृद्धालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ । उनी दमको रोगी छिन् ।

अर्का संक्रमित पुरुष सल्लेरीमा घर निर्माणका लागि आएका थिए । उनीसंगै आएका ४ जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् ।

संक्रमित पुरुष क्वारेन्टीनमा छन् ।

उता, सोलुदुधकुण्ड नगरपालिका २ बेनीका ४ संक्रमितले कोरोना जितेका छन् ।

एक जनप्रतिनिधि, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र स्थानीयमा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुले ११ दिनपछि कोरोना जिते वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार