विद्यालय भवन शिलान्यास

  हिमाल समाचार  1248 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुवु (दाम्ली) स्थित सगरमाथा आधारभूत बिद्यालयको भवन शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले आज एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश हिङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले आवश्यकताको आधारमा विद्यालय मर्ज गर्ने पहिलो स्थानीय तह थुलुङ दुधकोशी भएको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

विद्यालयको भवन निर्माणका लागि स्थानीय प्रदीप सुन्दास र देउराज सुन्दासले जग्गा उपलब्ध गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार