प्रदेश प्रहरी महानिरीक्षक कार्की खुम्बु क्षेत्रको अनुगमनमा

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – प्रदेश १ का प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की सहित सुरक्षा निकायको टोली खुम्बु क्षेत्र प्रस्थान गरेको छ ।

प्रहरी चौकी, शान्ति सुरक्षा र समुदाय तथा स्थानीय सरकारसँगको समन्वयको अवस्था अवलोकन तथा निरीक्षणका लागि महानिरीक्षक कार्की र प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही सहितको टोली शनिबार खुम्बु प्रस्थान गरेको हो ।

शनिबार लुक्ला प्रहरी चौकी, लुक्ला विमानस्थल, प्रहरीका लागि बन्दै गरेका संरचनाको अनुगमन तथा गाउँपालिका भित्रको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए ।

अनुगमनका क्रममा देखिएका समस्याका बारेमा समेत छलफल गरिएको शाहीको भनाई छ । प्रजिअ शाहीका अनुसार प्रहरी नायव महानिरीक्षक कार्कीले खुम्बुमा सुरक्षाका जनशक्ति कमी देखिएकाले थप गर्ने आश्वासन दिएका छन् ।

सुरक्षा निकायको टोली नाम्चेसम्म पुगेर फर्कने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार