सल्लेरीमा ब्याडमिन्टन तालिम सम्पन्न

  हिमाल समाचार  404 पटक हेरिएको

सोलुखूम्बु – सोलुखुम्बुको सल्लेरीमा महिला लक्षित १५ दिने आधारभुत ब्याडमिन्टन तालिम सम्पन्न भएको छ ।

सोलुखुम्बु ब्याडमिन्टन संघ र स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजनामा ब्याडमिन्टन खेलको विकासका लागि संचालन भएको तालिम आइतबार सकिएको हो ।

तालिम समापनको अवसरमा सञ्चालन गरिएको खेलमा माया राई र मिङमार डोमा शेर्पा प्रथम, माया शेर्पा र प्रतिभा राई द्धितीय, मेमकुमारी राजभण्डारी र सबिना राई तथा गंगा राई र अनिता तामाङ तृतीय भएका छन् । उनीहरुलाई १५ सय, एक हजार, ५/५ सय रुपैँया प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

तालिममा सहभागी १३ जनालाई प्रमाण–पत्र समेत प्रदान गरिएको स्वर्णिम सारथी संस्थाकी अध्यक्ष माया शेर्पाले जानकारी दिईन् । खेलको तालिम पेम्वा शेर्पा र अर्जुन श्रेष्ठले दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार