काँकुमा एक घरमा आगोलागी, २५ लाखको क्षति

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुमा एक घरमा आगोलागी हुदा अन्दाजी २५ लाखको क्षति भएको छ ।

शुक्रबार साँझ ७ बजेको समयमा भएको आगोलागीबाट काँकुका लुते राईको घरमा आगोलागी हुदा लाखौको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा विद्युतको मिटर बक्सबाट विद्युत सर्ट भएर आगोलागी हुदा ढुंगा माटोले बनेको (जस्तापाताको छानो भएको) ३ तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगोलागीबाट नगद एक लाख ५० हजार, ३ तोला सुन, १० तोला चाँदी, डेस्टप र ल्यावटप कम्प्यूटर एक–एक थान, भाडाँवर्तन, अन्नपात, लत्ताकपडा, कुखुरा लगायतका सामाग्री जलेर नष्ट भएको हो । आगोलागीबाट मानवीय क्षति भएको छैन् ।

अग्नीपिडित ८ सदस्सीय परिवार छिमेकीको आश्रयमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार