सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा नवनिर्मित कोको मेन्दो छ्योलिङ गुम्बा उद्घाटन गरिएको छ ।
वडा कार्यालयको ५ लाख, गाउँपालिकाको १० लाख र स्थानीय स्रोतसाधन र श्रमदानमा निर्मित गुम्बाको आइतबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।
प्रदेश सभा सदस्य उत्तम बस्नेत, गाउँपलिका अध्यक्ष असिम राई लगायतको टोली आइतबार नै योनाम सङ्ग छ्योलिङ गुम्बामा भएको युङ्नी पुजामा सहभागी बनेको छ ।
सोही टोलीले जनसेवा माविको इसिडी कक्षाकोठा अवलोकन समेत गरेको वडाअध्यक्ष तथा गाउँपलिकाका प्रवक्ता भूपाल सिंह राईले जानकारी दिए ।