खोटाङ – आमाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका २७ जना आमाहरुलाई बाख्रा तथा सुंगर वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा आरम्भ गरिएको आत्मनिर्भरताका लागि महिलाहरुको आम्दानी वृद्धि गर्न आमालाई बाख्रा तथा सुंगुर पेवा कार्यक्रम अन्तरगत शनिबार २७ जना आमाहरुलाई बाख्रा र सुंगुर वितरण गरिएको हो ।
वडा कार्यालयको १ लाख ५० हजार लागतमा २३ जना आमाहरुलाई बाख्रा र ४ जना आमाहरुलाई सुंगुर वितरण गरिएको वडाअध्यक्ष रमेश कुमार राउतले बताए । वडाअध्यक्ष राउतका अनुसार मंगलटारका ४ सय ५० घरधुरीका आमाहरुलाई बाख्रा तथा सुंगुर वितरण गर्ने लक्ष्य रहेको छ ।
यसअघि नगरपालिकाले केही एकल महिलाहरुलाई बाख्रा वितरण गरेको र सो कार्यक्रम प्रभावकारी बनेकाले मंगलटारमा पनि यो कार्यक्रम संचालन गरिएको हो ।