मालपोत कार्यालय सोलुद्वारा ३ महिनामै ९३ लाख बढि राजस्व संकलन

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु – मालपोत कार्यालय सोलुखुम्बुले ३ महिनामा ९३ लाख भन्दा बढि राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०७७–७८ को साउन, भदौ र असोज महिनामा ९३ लाख ७४ हजार ६८ रुपैया राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार साउन महिनामा रजिस्टेशन शुल्क बापत १४ लाख १५ हजार ३९४ रुपैँया र पुँजीगत लाभकर बापत ८ लाख ५१ हजार ३७५ रुपैँया संकलन गरेको थियो ।

त्यस्तै, भदौ महिनामा रजिस्टेशन शुल्क बापत ८ लाख ७७ हजार १४४ रुपैँया र पुँजीगत लाभकर अन्तरगत ३ लाख ३९ हजार ४०१ रुपैँया राजस्व संकलन गरेको कार्यालयका सुचना अधिकारी निरकुमार ढुंगानाले जानकारी दिए ।

उनका अनुसार असोज महिनामा रजिस्टेशन शुल्क बापत ३८ लाख ८ हजार ७२३ रुपैँया र पुँजीगत लाभकर २० लाख ८२ हजार २७ रुपैँया राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार