थुलुङ दुधकोशीमा कांग्रेसको संगठन सुदृढीकरण अभियान

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरण अभियानलाई निरन्तरता दिएको छ ।

आइतबार थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा फुरा पासाङ तामाङको सभापतित्वमा २६ सदस्यीय नेपाली काँग्रेस टोलसमिती गठन गरिएको छ ।

नवगठित समितिको उपसभापतिमा दाडेन्डी शेर्पा, सचिवमा लाक्पा तामाङ, सह–सचिवमा रामकाजी तामाङ, कोषाध्यक्षमा छम्जी शेर्पा चयन भएका छन् ।

वडा सभापति पदम बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जय प्रसाद राईले वर्तमान स्थानीय सरकारका प्रतिनिधिहरुको व्यबहार र कार्यशैली अत्यन्तै अराजक र राणाकालीन शासकको जस्तो भएको आरोप लगाए । काँग्रेस सँधै संयमित भै अगाडि बढ्ने र अन्त्यमा जित काँग्रेसकै हुनको जिकिर थियो ।

त्यस्तै नेपाली काँग्रेस जिल्ला सहसचिव कुशराज राईले जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदै कांग्रेसले जनताको साथमा भण्डाफोर गर्ने बताए ।

कार्यक्रममा पुर्व जिल्ला सदस्य भक्त बहादुर गुरुङ, जिल्ला सदस्य एवं प्रवक्ता सन्तोष कट्टेल, पुर्व तरुण दल अध्यक्ष एवं युवा नेता जीवन गुरुङ, गाउँपालिका सभापति महेन्द्रदीप राई, तरुण दल जिल्ला सचिव शेखर बस्नेत, नेपाल लेखक संघ सोलुखुम्बुका अध्यक्ष सुवास सङगम राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार