सल्यान र पन्चन सिधा यातायात ह्यूम पाइमको भरमा

  हिमाल समाचार
448 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्यान र पन्चन सिधा यातायात सुचारु भएको छ ।

बर्खाको समयमा सोलु खोलामा राखिएको ह्युम पाइप झिकएपछि अबरुद्ध बनेको यातायात खोलामा पानीको सतह कम भएसंगै राखिएको छ ।

खोलामा ६ वटा ह्युम पाएप राखेर सिधा यातायात सञ्चालनमा ल्याईएको हो । ह्युम पाएप राखिएपछि थुलुङ दुधकोशी गाउँपालिकाको ठुलढुंगा र नेचासल्यान गाउँपालिका २ सल्यान ओहोरदोहोर गर्नका लागि सोलुदुधकोशी हाईड्रोपावर हुदै तिंला घुम्नुपर्ने बाध्यता हटेको सहकर्मी धनकुमार ढु्रंगेलले बताए ।

सिधा सडक सञ्चालनमा आएपछि थुलुङ दुधकोशीका नागरिक सल्यान हूदै काठमाण्डौ तथा अन्य जिल्ला जान सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार