ऐसेलुखर्क : बाख्रा स्रोत केन्द्रलाई बोयर बोका र पाठी

  हिमाल समाचार
154 Shares

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बाख्रा स्रोत केन्द्रलाई्र बोयर जातको बोका र पाठी वितरण गरेको छ ।

गाउँपालिकाको कृषि सेवा विकास कार्यक्रम प्रयास अन्तर्गत बोयर जातको बाख्रा उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सोमबार नमुना बाख्रा स्रोत केन्द्र ऐसेलुखर्कलाई बोका र पाठी वितरण गरिएको हो ।

गाउँपालिकाको ९० प्रतिशत अनुदानमा खरीद गरिएको बोयर जातको बोका र पाठी गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले नमुना बाख्रा स्रोत केन्द्र ऐसेलुखर्कका सञ्चालक तिलक तामाङलाई हस्तान्तरण गरेका छन् ।

गत साल गाउँपालिकाको दुई लाख आर्थिक सहयोगमा स्थापना भएको बाख्रा स्रोत केन्द्रलाई यो पटक बोयर जातको एकवटा बोका र एकवटा पाठी वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख प्रमोद राजभण्डारीले बताए ।

राजभण्डारीका अनुसार नमुना बाख्रा स्रोत केन्द्रमा उत्पादन भएको बोयर जातको बाख्रा पालिकाभरी वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार