रुपेशको उपचारमा सुम्नीमा पारुहाङ सांस्कृतिक समुहको सहयोग

  टिवन राई  127 पटक हेरिएको

खोटाङ – अटो रिक्सा दुर्घटनामा परी गम्भिर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका रुपेश राईलाई सहयोग प्राप्त भएको छ ।

आज हलेसी स्थित डाँडाँबजारमा रहेको सुम्नीमा पारुहाङ सांस्कृतिक समुहले ५० हजार सहयोग गरेको हो । समुहका अध्यक्ष हर्कराज राई लगायतका पदाधिकारी रुपेशको घरमै पुगेर उनका आमा ममता राईलाई रकम हस्तान्तरण गरेका हन् । समुहले रुपेश बचाउ अभियानलाई समर्थन गर्दै सिघ्र स्वास्थ्य लाभको कामना सहित आज सो रकम प्रदान गरेको हो । २

२ गते जयराजघाट दिक्तेल सडक खण्डको ऐसेलुखर्क स्थित पिलोते भिरमा स.१ ह. ३५१८ नम्बरको अटो रिक्सा सडकबाट १० फिट तल खस्दा रुपेश गम्भिर घाइते भएका थिए । उनको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । शल्यक्रिया भने सोमबार हुने उनका बुवा कम्पसेर राईले बताए । ज्याला मजदुरीबाट परिवार चलाउदै आएका कम्पसेरले छोराको उपचारको लागि सहयोगको लागि अपिल गरेका छन् ।

रुपेशको उपचार सहयोगार्थ सामाजिक संञ्जाल फेसबुक मार्फत “रुपेश राई बचाऊ” अभियान थालिएको छ । रुपेश राईलाई सहयोग गर्ने मनकारीहरुले नविन चाम्लिङ (हलेसी), यविन्द्र राई (हलेसी) , हामस राई (हलेसी) र चन्द्र राई (काठमाण्डौ) लाई क्रमश ९८४९३०४०३८, ९८४२९४४३०१, ९८४२९४४३०० र ९८५१२७९२२२ मा सिधा सम्पर्क गरी सहयोग गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार