सोलुखुम्बु – खोटाङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार क्षेत्रमा ढलान गर्न बाँकी रहेको भागको पनि ढलान गरिने भएको छ ।
पहिलो चरणमा दिक्तेल रत्नपार्कको जिरो पोइन्टबाट ढलान गरेर नसकिएको भाग दोस्रो चरणमा ढलान गर्न लागिएको हो । दोस्रो चरणको ढलानको विषयमा आईतवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसंग भेटवार्ता गरेका छन् ।
मेयर रिजालका अनुसार मन्त्री श्रेष्ठले दोस्रो चरणको ढलानको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार लाग्ने ९ करोड ७० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केहीदिन भित्रमा मन्त्रालयबाट विनियोजित भएर आएको बजेटबाट ढलान प्रक्रिया शुरु गरिने मेयर रिजालले बताए ।