दिप्रुङ चुइचुम्मामा कक्षा ११ को परीक्षा शुरु

  हिमाल समाचार
49 Shares

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा सुरु गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले पाँच वटा विद्यायमा आइतबारदेखि परीक्षा सुरु गरेको हो ।

महेन्द्रोदय मावि ओख्रे, कृष्ण मावि टेम्मा, सरस्वती मावि डाँडाखर्क, शान्ति मावि छोरम्बु र जनता मावि बतासेमा परीक्षा सुरु गरिएकोे गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार महेन्द्रोदय माविमा ९१ जना, कृष्ण माविमा ५१ जना, सरस्वती माविमा ५९ जना, शान्ति माविमा ६५ जना र जनता माविबाट १७ जनाले परीक्षा दिइरहेका छन् ।

परीक्षा कार्तिक २८ सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार