हलेसी तुवाचुङ : वडा सदस्यको काम, खेल सामाग्री सहयोग

  हिमाल समाचार
266 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का वडा सदस्य डिल्ली कुमार राईले तल्लो कात्तिके स्थित २ वटा समुहलाई खेल सामाग्री र आर्थिक सहयोग गरेका छन् ।

जनकल्याणकारी सेवा समाज र सदाबहादर सांस्कृतिक समाज कात्तिकेलाई एक–एक सेट भलिवल–नेट र नगद ५/५ हजार सहयोग गरेका हुन् । युवाहरुको खेल क्षमता अभिबृद्धि साथै आपसी सद्भावका लागि खेल सामाग्री र नगद हस्तान्तरण गरीएको वडा सदस्य राईले बताए ।

सदस्य राईका अनुसार खेल मैदान व्यवस्थित नभएको र निर्माणका लागी रकम प्रदान गरिएको हो । कात्तिके स्थित भलिवल खेल मैदानमा एक कार्यक्रमका बिच उक्त खेल सामाग्री र रकम हस्तान्तरण गरिएको छ ।

चन्द्र कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष चइन्द्र राई, नेकपा जिल्ला कमिटि सदस्य शुक्र बिक, वडा कमिटि सचिव धनकुमार भुजेल लगायत स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार