देउसामा नयाँ बर्षदेखि शुक्रबारे हाट लाग्ने

सोलुखुम्बु – सोलुखुम्बुको देउसामा नयाँ वर्षदेखि शुक्रबारे हाट लाग्ने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार बजार सञ्चालनका लागि थुलुङ दुधकोशी गाउँपालिका गाउँपालिकाबाट अनुमति प्राप्त भएपछि नयाँ बर्षबाट साप्ताहिक शुक्रबारे हाट सञ्चालनमा ल्याईने भएको हो ।

स्थानीयले ६ रोपनी जग्गा उपलब्ध गराएकाले स्थलगत रुपमा चाँडै काम हुने थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष रामसंघर्ष किराँतीले बताए । कानुनी रुपमा काम सकिएकाले स्थलगत रुपमा बजार सम्याउने तथा भौतिक संरचना निर्माण गरि बैशाख १ गते नयाँ वर्षको अवसरमा उक्त बजार सञ्चालनमा ल्याउने योजना बनाईको उनको भनाई छ ।

हाट लाग्ने स्थानसम्म सडकको पहँुच पुगेकाले हाट लागेपछि सजिलैसँगै बिक्रि नभएका उपजलाई अन्य क्षेत्रका बजारमा लैजान सहज हुने वडा कार्यालयले जनाएको छ । वडामा बजार नहूँनाले उत्पादित कृषि उपज, नेले, काँकु, जुबु र सल्लेरी ल्याउनुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार