आमादब्लम हिमालको सफल आरोहण

  हिमाल समाचार
2.5k Shares

सोलुखुम्बु – कोरोना कहरकै बिच पाँच सदस्सीय टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको छ ।

नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दै विश्व शान्तिको कामना सहित पाँच जनाको आरोहण टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको हो ।

६ हजार ८१२ मिटर अग्लो हिमालको मंगलबार दिउँसो हिमालय गाईड्स नेपालबाट खुम्बुपासाङल्हमु गाउँपालिका ४ पाङबोचेका दोर्जी ग्याल्जेन शेर्पा, दोलखाको विगु गाउँपालिका ५ गोङ्गारका सिद्धि बहादुर गुरुङ्ग र संखुवासभाका पासाङ दावा शेपाले आरोहण गरेका छन् ।

त्यस्तै, सेभेन समिट ट्रेक्सबाट महाकुलुङ गाउँपालिका २ मामेर्कुका ल्हाक्पा देण्डी शेर्पा र सोलुदुधकुण्ड नगरपालिका ८ का गेस्मान तामाङ पनि सोही टिममा सहभागी थिए । आमादब्लम हिमालको शिखरमा मेडिसियन बुद्धको अर्थात साङ्गे मेन्ल्हाको तस्विर राखि विश्व शान्तिका लागि मन्त्रजप समेत गरिएको छ ।

साथै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेकाले सकारात्मक सन्देश दिने उद्देश्यले हिमाल आरोहण गरिएको आमादब्लम युवा क्लव पाङबोचेका अध्यक्ष कुङ्गा ग्याजु शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार