विराटनगर – प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ ।
प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ ।प्रदेश १ मा आज १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२४ महिला र १९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।