दिक्तेल रुपाकोटबाट २० जनाको स्वाब संकलन

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २० जनाको स्वाव संकलन गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका र कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरेको हो । नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यका अनुसार कोरोना पुष्टि भएर १४ दिन होम आइसोलेसनमा बसेका ४ जना र कन्ट्रयाक ट्रेसिङमा परेका १६ जनाको आज स्वाव संकलन गरिएको जनाएको छ ।

संकलन गरिएको स्वाव पिसिआर परिक्षणका लागि भोली बुधबार प्रादेशिक प्रयोगशाला विराटनगर पठाइनेछ । दशैपछि यस नगरपालिकामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । यसैविच, हालसम्म जिल्लाभर ६६ जना कोरोना संक्रमित भएका छन् ।

जिल्ला अस्पतालका अनुसार ४६ जनाले कोरोना जितेका छन् । २० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार