दिप्रुङमा कोभिड अस्पताल

खोटाङ – कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन ल्याएको छ ।

कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । मंगलवारबाट सञ्चालनमा ल्याइएको अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एमबिबिएस डा.प्रमोद चौधरीसहित २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गरेको छ ।

गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार